एक वर्षमा अग्नि सिमेन्टको ४० करोड कमाई, किन घट्दैछ व्यापार ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

एक वर्षमा अग्नि सिमेन्टको ४० करोड कमाई, किन घट्दैछ व्यापार ?



काठमाडौं । अग्नि सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले एक वर्षमा ४० करोड बढी आम्दानी गरेको छ ।

कम्पनीले गत वर्ष अर्थात् सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । यद्यपि, यो पछिल्लो तीन वर्ष यताकै कम हो ।

कम्पनीको व्यापारमा भने भारी गिरावट देखिएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले प्रकाशन गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

अघिल्लो वर्ष सन् २०२३ को तुलनामा साढे ४० प्रतिशत आम्दानी घटेको हो । अघिल्लो वर्ष भने कम्पनीले ६७ करोड ५० लाख बढीको व्यापार गरेको थियो ।

तथ्याङ्क अनुसार कम्पनीको व्यापार पछिल्ला वर्षमा घट्दो देखिएको छ । २०२२ मा भने कम्पनीले १ अर्ब २१ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

केयर रेटिङ नेपालका अनुसार कम्पनीले ९१ करोड ६८ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम ५२ करोड ६८ लाख रुपैयाँ कर्जाका लागि ‘केयर एनपी बी माइनस’ र सर्ट ट्रम ३९ करोड कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गरेको छ ।

कम्पनीको उत्पादन क्षमता उपयोग दर २५.३२ प्रतिशतबाट घटेर ९.८४ प्रतिशतमा झरेको छ । यसले उत्पादन र बिक्रीमा कमी देखिन्छ । उद्योगमा तीव्र प्रतिस्पर्धा र थुप्रै प्लान्टहरूको न्यून क्षमतामा सञ्चालन भइरहेकाले बजारमा दबाब थपिएको छ ।


प्रतिक्रिया दिनुहोस्