कृषि बीमाको ६८ करोड अनुदान भुक्तानी अझै बाँकी, कहिले हुन्छ ? « Arthapath.com
७ आश्विन २०७७, बुधबार

कृषि बीमाको ६८ करोड अनुदान भुक्तानी अझै बाँकी, कहिले हुन्छ ?



काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी बीमा गरे बापत सर्वसाधारणलाई ७५ प्रतिसत अनुदान दिने गरेको छ । सरकारले जनतालाई कृषि तथा पशुपंक्षी बीमा गरेवापत विगत ७ वषैदेखी अनुदान दिँदै आएको छ ।

बाँकी २५ प्रतिसत किसान आफैले तिर्दै आएका छन । २० ओटा निर्जीवन बीमा कम्पनीहरुले देशमा ७७ ओटै जिल्लामा भागवडा गरेर कृषि बीमा गराउँदै आएका छन । कृषि बीमा गरे वापत सरकारले गत आर्थिक वर्ष असार मसान्तसम्मको करिव ६८ करोड भुक्तानी भएको छंैन ।

बीमा समितिका अनुसार सरकारले अझै कृषि तर्फ बाली बीमाको ६६ करोड भुक्तानी भएको छैन । त्यस्तै पशुपंक्षी बीमातर्फ १ करोड ७३ लाख भुक्तानी हुन बाँकी छ । गत असार मसान्तसम्मको कृषि तथा पशुपंक्षी बीमाको रकम धेरै कम्पनीहरुले पाएका छैनन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सरकारले गत चैत्र सम्मको कृषि तर्फको बाली बीमा बापतको रकम सबै कम्पनीहरुलाई उपलव्ध गराइएको छ ।

त्यस्तै पशुपंक्षी बीमातर्फको गत आश्विनदेखीकै भुक्तानी भएको छैन । गत आश्विनदेखी असारसम्मको १ करोड ७३ लाख विभिन्न कम्पनीलाई दिइएको छैन । सरकारले दिने अनुदानको रकमको प्रक्रियामै समय लाग्ने हुनाले समया लागेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । सरकारबाट आएपछि सबै कम्पनीहरुले पाउने अनुदान रकम तत्कालै दिइने पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस्