सेयर बजारको ओरालो यात्रा कायमै, काराेबार रकम भने बढ्याे « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सेयर बजारको ओरालो यात्रा कायमै, काराेबार रकम भने बढ्याे



साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको ओरालो यात्रा कायमै देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ८.५६ अ‍ैकले घटेर २६ सय ३२ दशमलव ४० वन्दिुमा रोकिएको छ ।

यस्तै आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्रि हुँदा ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रूपैयाँको कारोबार भएको छ ।

यसदिन जलविद्युत र व्यापार समुह बढेका छन् भने अन्य सबै समुह घटेका छन् ।

रिभरफल पावर लमिटेड र पियोर इनर्जी लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेका छन् भने ओम मेगाश्री फमास्युटिकल र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्