वाईफाई नेपालको मनसुन अफर: १०० एमबिपिएस इन्टरनेट अब रू ८,५०० मा « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

वाईफाई नेपालको मनसुन अफर: १०० एमबिपिएस इन्टरनेट अब रू ८,५०० मा



काठमाडाैं । इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले वर्षा यामलाई ध्यानमा राख्दै आकर्षक योजना “ मनसुन अफर-सेन्चुरी प्याक” सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत ग्राहकहरूले जम्मा रू ८,५०० मा १०० एमबिपिएस गतिको इन्टरनेट सेवा १२ महिनाको लागि पाउनेछन्, जसमा एक महिना अतिरिक्त बोनस सेवा पनि समावेश गरिएको छ।

मूल्यमा कुनै पनि अतिरिक्त शुल्क छैन र यो रकममा भ्याट समेत समावेश छ। साथै, ग्राहकहरूलाई नोकियाको ५ जी एचजेड राउटर पनि प्रदान गरिनेछ।

वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुह्न पञ्जियारका अनुसार, कम्पनीको उद्देश्य देशभरिका नेपालीहरूलाई भरपर्दो र छिटो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु हो।

हाल वाईफाई नेपालले देशभर १०० भन्दा बढी शहरहरूमा ४८ शाखा तथा ४४३ जनशक्ति मार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीले ग्राहकहरूलाई यो अफरको लाभ लिन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्