वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन



काठमाडौं । सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन गरेको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री आजुर राणाले यस्तो जानकारी दिएकी हुन् ।

उक्त समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् ।

दुई तीन पटक समितीको बैठक बसीसकेको पनि उनले जानकारी दिइन् । समितिले वैदेशिक रोजगार सम्बन्धी समस्या पहिचान गरी श्रम मन्त्रालयलाई सुझाव दिनेछ।


प्रतिक्रिया दिनुहोस्