सनराइज बैंकको डिजिटल टेलर सेवा, चेक र एटिएम नभए पनि नगद झिक्न सकिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सनराइज बैंकको डिजिटल टेलर सेवा, चेक र एटिएम नभए पनि नगद झिक्न सकिने



काठमाडौं । बैंकमा पुगेर चेक वा एटिएम नभएपनि पैसा झिक्न पाउनुहुन्छ भन्दा अनौठो लाग्ला । बिना चेक पनि काउन्टरबाट सजिलै पैसा झिक्न मिल्नेगरी बैंकहरुले डिजिटल टेलर सुरु गरेका छन । यसै सन्र्दभमा सनराइज बैंकले कोरोनाको कारण डिजिटल बैंकिङलाई फोकस गरेको छ । विगतमा पनि डिजिटाइजेसनमा अगाडी रहेको सनराइज बैंकले डिजिटल टेलर सुरु गरेको छ ।

पनि सनराइज बैंकले बैंकका काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।

यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् । यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोडस्क्यान गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपंैया सम्म नगद निकाल्न सक्नेछन् ।

पेपर लेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्