प्रतिकित्ता ६२.५० रुपैयाँमै किन्ने होइन त प्रभु स्टील्सको १२ हजार कित्ता सेयर ?

काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्री आएको छ ।
कम्पनीले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यसको बिक्री मूल्य भने प्रतिकित्ता ६२.५० रुपैयाँ तोकिएको छ।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र कम्पनीको केन्दिय कार्यालय तिनकुने, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
तोकिएको उक्त समयावधिभित्र वद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने अन्य बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।