सेयर बजारमा गिरावट, काराेबार रकम भने बढ्याे « Arthapath.com
४ असार २०८२, बुधबार

सेयर बजारमा गिरावट, काराेबार रकम भने बढ्याे



काठमाडाैं । सेयर बजारमा आएको गिरावटले आज पनि निरन्तरता पाएको छ। हिजो ३ दशमलव ९० अंकले घटेको शेयर बजार मापक नेप्से परिसूचक आज १.२८ अंकले घटेर २६ सय ५३ दशमलव ४७ वन्दिुमा रोकिएको छ ।

नेप्से परिसूचक घटे पनि यसदिन काराेबार रकम भने बढेकाे छ । आज ३१४ कम्पनीकाे २ कराेड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ कराेड ५८ लाख ८६ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३ सय ६ वटा कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर ७ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

बजार घटेकाे दिन पियाेर इनर्जीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने जाेशी हाइड्राेपावर र युनियन हाइड्राेपावरकाे सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्