नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई हिल्टन होटेलमा विषेश छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई काठमाडौं स्थित हिल्टन होटेलमा विषेश छुट पाइने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र हिल्टन होटेल बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ ।