सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । सेयर बजारको गिरावट कायमै देखिएको छ । साताको अन्तिम कारोबार दिन पनि बजार उच्च दोहोरो अंकमा घटेको छ ।
मंगलबार र बुधवार सामान्य गिरावट आएको थियो । तर, बिहीबार भने बजार २४.५९ अंक घटेको छ ।

उक्त दिन बजार परिसूचक २६२९.०८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूह राताम्य बनेका छन् ।
बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज एकैदिन ११ अर्ब २३ करोड १४ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।