यी चार कम्पनीमा लगानीकर्ताको आकर्षण, कसको कति बिक्यो सेयर ? « Arthapath.com
५ असार २०८२, बिहीबार

यी चार कम्पनीमा लगानीकर्ताको आकर्षण, कसको कति बिक्यो सेयर ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन जलविद्युत कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज कुल ११ अर्ब २३ करोड बढीको सेयर किनबेच भएको छ ।

उक्त दिन ङादी ग्रुपसहित चार कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज ङादी ग्रुपको सर्वाधिक ८५ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कम्पनीको २० लाख २७ हजार ७८५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकमका आधारमा बुटवल पावर दोस्रो स्थानमा छ । आज कम्पनीको ५८ करोड ९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कम्पनीको कुल ६ लाख ६० हजार १८९ कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, आज सिंगटी हाइड्रोको ४७ करोड ९१ लाख रुपैयाँ बराबरको १५ लाख ७ हजार ८२२ कित्ता, सानिमा माइ हाइड्रोपावरको ४२ करोड १७ लाख रुपैयाँ बराबरको ६ लाख ६१ हजार ८४७ कित्ता सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्