इरानमा देशभर इन्टरनेट सेवा बन्द « Arthapath.com
८ असार २०८२, आईतबार

इरानमा देशभर इन्टरनेट सेवा बन्द



एजेन्सी । गत बुधबार देखि इरानमा इन्टरनेट सेवा बन्द भएको छ । इरानमा इजरायलले हमला गरेसँगै साइबर आक्रमण बढ्न थालेपछि इन्टरनेट सेवा बन्द गरीएको हो ।

साइबर हमलामा इरानको ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज नोबिटेक्स मा ९ करोड डलरको डिजिटल सम्पत्ति चोरी भएको थियो।

यस हमलाको जिम्मेवारी इसराइली समर्थक ह्याकर समूह प्रेडेटरी स्प्यारोले लिएको थियो।

इन्टरनेट बन्द भएपछि इरानबाहिर रहेका व्यक्तिहरू सामाजिक सञ्जालमा आफन्तसँग सम्पर्क गर्न असमर्थ भएका छन्, तर मोबाइल र टेलिफोन सेवा भने सञ्चालनमा छन्।

सिएनएनले रिपोर्ट गरेअनुसार, फोन गर्दा ९० सेकेन्ड लामो अनौठो सन्देश सुनिन्छ, जसमा जीवन र शान्तिका विषयमा कुरा गरिएको छ। यसले फोन गर्नेहरूलाई अचम्मित बनाएको छ।

साइबर हमलाका विज्ञहरूका अनुसार, यस्तो सन्देश इन्टरनेट अवरुद्ध हुँदा देखिने सामान्य प्रवृत्ति हो। इरानले यस बारेमा कुनै आधिकारिक टिप्पणी गरेको छैन।


प्रतिक्रिया दिनुहोस्