प्रिमियम अडियो अनुभवसहित दयब्तको निर्भाना सिरिज अब नेपालमा « Arthapath.com
१९ असार २०८२, बिहीबार

प्रिमियम अडियो अनुभवसहित दयब्तको निर्भाना सिरिज अब नेपालमा



काठमाडौं । भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड दयब्तले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ। जसले ब्रान्डको अन्तर्राष्ट्रिय यात्रामा एक महत्वपूर्ण उपलब्धिको संकेत गर्दछ ।

यद्यपि दयब्त ले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ, अब यसले अत्यधिक प्रशंसित ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक मार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको छ ।

उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

दयब्तले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकको रूपमा स्थापित भइसकेको छ, जसले नेपाली उपभोक्तामाझ यसको गहिरो रुचि र विश्वासलाई प्रमाणित गर्दछ।

बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रा. लि. (रमेश कर्प अन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । दयब्त छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल भएको छ, जसले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्यको संयोजन प्रस्तुत गर्दछ ।

टेलिटकले नेपालमा दूरसञ्चार र उपभोक्ता इलेक्ट्रोनिक्सको द्रुत रूपान्तरण भइरहेको परिवेशमा काम गर्दै आएको छ । बलियो वितरण सञ्जाल र विश्वव्यापी साझेदारीको माध्यमबाट कम्पनीले नेपाली उपभोक्तालाई नवप्रवर्तनयुक्त प्रविधि उत्पादन प्रदान गरिरहेको छ ।
दयब्तका सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले नेपाल सधैं आफ्ना लागि विशेष स्थान रहँदै आएको र यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित भएकाे बताए ।

उनले भने, ‘नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ, र हामी हाम्रो ब्रान्डमा राखिएको विश्वासप्रति आभारी छौं । हाम्रो प्रिमियम ‘निर्भाना’ सिरिजको सुरुवातसँगै हामी आजको जीवनशैली अनुसारको आवश्यकतालाई सम्बोधन गर्ने उच्च गुणस्तरीय र डिजाइन–मुखी अडियो अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँछौं ।’

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले यस औपचारिक घोषणासँगै, दयब्तले नेपालमा आफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको बताए । जसअनुसार ब्रान्डले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउनेछ र आफ्नो तिव्र रूपमा वृद्धि भइरहेको फ्यानबेससँगको सम्बन्धलाई अझ गहिरो बनाउने विश्वास समेत उनले व्यक्त गरे।

भारतमा बोटको चमत्कारी विस्तारलाई नेपालमा पनि समान रूपमा प्रतिबिम्बित गरिएको छ । नवप्रवर्तन, डिजाइन र सामुदायिक संलग्नताप्रति दयब्त को निरन्तर प्रतिबद्धताले यसको क्षेत्रीय र विश्वव्यापी विस्तारलाई निरन्तर गति दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्