अमेरिकाको टेक्सासमा भीषण बाढी, ५० को मृत्यु, दर्जनौँ बालबालिका अझै बेपत्ता « Arthapath.com
२२ असार २०८२, आईतबार

अमेरिकाको टेक्सासमा भीषण बाढी, ५० को मृत्यु, दर्जनौँ बालबालिका अझै बेपत्ता



एजेन्सी । अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा १५ बालबालिकासहित ५० जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने सीएनएनले उल्लेख गरेको छ ।

सबैभन्दा बढी प्रभावित भएको क्षेत्र ग्वाडालुप नदी किनारस्थित क्रिश्चियन बाल शिविर ‘क्याम्प मिस्टिक’ मा अझै २७ बालबालिका बेपत्ता छन्। शिविरमा रहेका धेरैजसो बालबालिका १२ वर्षभन्दा मुनिका रहेका छन्। सामाजिक सञ्जालमा केही अभिभावकहरूले आफ्ना सन्तानको मृत्यु पुष्टि गरेका छन्। हालसम्म करिब ८५० जनालाई सकुशल उद्धार गरिएको छ।

राज्यभर अझै पनि फ्ल्यास फ्लडको चेतावनी जारी रहेको छ। टेक्सासका गभर्नर ग्रेग एबटले आपतकालीन अवस्थालाई मध्यनजर गर्दै खोज तथा उद्धार कार्य तीव्र पार्न विशेष आपतकालीन घोषणामा हस्ताक्षर गरेका छन्। उनले “प्रत्येक पीडितको खोजी पूरा नगरेसम्म राज्य प्रशासनले विश्राम नलिने” बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार स्थानीय निकायहरूसँग मिलेर उद्धार तथा राहत कार्य गरिरहेको जानकारी दिएका छन्। होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टि नोएमले तटीय सुरक्षाकर्मी ९कोस्ट गार्ड० परिचालन गरिएको घोषणा गरेकी छन्।

जलवायु विज्ञहरूले टेक्सासको केन्द्रीय क्षेत्रमा अझै केही दिन भारी वर्षा भई थप बाढी आउने चेतावनी दिएका छन्। राष्ट्रिय मौसम सेवा ९ल्ध्क्० का अनुसार शनिबार मात्रै ५ देखि १२ सेमि वर्षा हुने अनुमान गरिएको छ।

विशेष गरी ‘क्याम्प मिस्टिक’ नामक सबै केटीहरू सहभागी हुने ग्रीष्मकालीन शिविरमा बाढीले ठूलो क्षति पु¥याएको छ। बाढी रातको समयमा एक घण्टाभित्रै २६ फिट ९८ मिटर० भन्दा बढी उचाइसम्म पुगेपछि धेरै बालबालिका सुतिरहेका बेला फसेका थिए।

जीवित उद्धार गर्न अहिले सयौं उद्धारकर्मीहरू खटाइएको अधिकारीहरूले बताएका छन्।

आइतबार मृतक र बेपत्ता भएका बालबालिकाहरूका लागि स्थानीय नोत्र डेम क्याथोलिक चर्चमा विशेष प्रार्थना सभा आयोजना गरिनेछ।


प्रतिक्रिया दिनुहोस्