७९.५३ प्रतिशत बढ्यो ग्रीन डेभलपमेन्टको नाफा: व्यवसाय विस्तारमा एग्रेसिभ, लाभांश क्षमता कति ?
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । एकै वर्षको अवधिमा नै बैंकलेकोनाफा साढे ७९ प्रतिशत वृद्धि भएको छ ।
बैंकले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा बैंकले ६ करोड ९४ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ७९.५३ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि बैंकले ३ करोड ८६ लाख ६१ जहार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा बैंकको खुद ब्याज आम्दानी पनि १७.७३ प्रतिशत बढेर २० करोड २० लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफामा पनि ७२.७९ प्रतिशत बढेर ९ करोड ८७ लाख २३ हजार रुपैयाँ पुगेको छ। खुद आम्दानी आम्दानी र संचालन नाफा बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।
बैंकको वितरणयोग्य नाफा पनि झन्डै दोब्बर (९४.७० प्रतिशत) बढेर ६ करोड ७ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । बैंकको लाभांश क्षमता भने १०.६७ प्रतिशत छ ।
यस्तै, बैंकको प्रतिसेयर आम्दानी १२.१८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ कायम भएको छ । गत आवमा बैंकमा बैंकको खराब कर्जा ३.३३ प्रतिशत कायम भएको छ ।
हाल बैंकको चुक्ता पुँजी ५६ करोड ९६ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा १२ करोड ५९ लाख रुपैयाँ राखेको छ ।
बैंकको निक्षेप संकलन पनि उल्लेख्य वृद्धि भएको छ । बैंकको निक्षेप २८.२५ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि २० प्रतिशत वृद्धि भई ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।












