रिज लाइन इनर्जीको नगद लाभांश घोषणा, भदौ ४ गते बोलायो वार्षिक साधारण सभा « Arthapath.com
७ असार २०८३, आइतबार

रिज लाइन इनर्जीको नगद लाभांश घोषणा, भदौ ४ गते बोलायो वार्षिक साधारण सभा



काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले नगद लाभांश घोषणा गरेको छ। कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीअनुसार ७ करोड ७८ लाख ३५ हजार ७८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले भदौ ४ गते दिउँसो ३ बजे ललितपुरस्थित होटल हिमालय, कुपण्डोलमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू अनुमोदन गर्नेछ।

त्यसैगरी, सभा मार्फत आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा उनीहरूको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। साथै, सञ्चालक समितिमा रिक्त रहेको एक पदका लागि नयाँ सञ्चालकको चयनसमेत गरिनेछ।

सभाले कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको प्राथमिक सेयर (आईपीओ) निष्कासनसम्बन्धी प्रस्ताव र त्यसबाट संकलित रकमको उपयोगबारे प्रस्ताव पनि पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस्