शुभ लक्ष्मी कोषको १६ प्रतिशत लाभांश घोषणा, बुकक्लोज कहिले ? « Arthapath.com
७ असार २०८३, आइतबार

शुभ लक्ष्मी कोषको १६ प्रतिशत लाभांश घोषणा, बुकक्लोज कहिले ?



काठमाडाैं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखि योजना शुभ लक्ष्मी कोष ले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कोषले आफ्ना इकाईधनीहरूलाई करसहित १६ प्रतिशत दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

साउन १२ गते बसेको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल को सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गर्दै साउन १३ गते बुकक्लोज गर्ने घोषणा गरेको छ। यसअनुसार साउन १२ गतेसम्म कायम रहने इकाईधनीहरू लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

खुलामुखि योजनाअन्तर्गत सञ्चालित यस कोषका इकाईधनीहरूले प्राप्त लाभांशलाई पुनः लगानी योजनामार्फत थप इकाइ खरिद गर्न सक्ने सुविधा पाउनेछन्।

यस सुविधाको लाभ लिन चाहने इकाईधनीहरूले साउन १६ गतेभित्र आफ्नो नाम दर्ता गराउन लक्ष्मी सनराइज क्यापिटलले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्