चाँडो लाभांश बाँढेर बजारलाई ‘चलायमान’ बनाउन गभर्नरको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बजार चलायमान बनाउन चाँडो लाभांश बाँड्नुपर्ने बताएका छन् ।
मंगलबार दिउँसो वाणिज्य बैंकका प्रमु्ख कार्यकारी अधिकृतहरुसँग लामो छलफल गर्दै उनले लामो समयदेखि थलिएको अर्थतन्त्रलाई गतिशील बनाउने बेला आएको बताए ।
यसका लागि केन्द्रिय बैंकले थुप्रै काम गरिरहेको र अब बैंकहरुले पनि हातेमालो गर्नुपर्ने उनले बताए ।
उनले बैंकहरुलाई चाँडोभन्दा चाँडो वार्षिक साधारण आयोजना गरेर लाभांश बाँढ्न आग्रह गरे । त्यसमा पनि बोनस सेयरको साटो नगद लाभांश बाँड्न उनले बैंकरहरुलाई आग्रह गरे ।
नेपालमा अधिकांशक उद्यमीहरुले बैंकमा लगानी गरेका छन् । तर करीब १० वर्ष अघि तत्कालिन गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरुको पूँजी चार गुणा बढाइदिने निर्णय गरेदेखि नै बैंकका प्रवद्र्धकले उल्लेख्य मात्रामा नगद लाभांश प्राप्त गर्न सकेका छैनन्
साधारण सेयर धनीहरुलाई बोनस सेयर पाउँदा उनीहरुको स्वामित्वमा बढी लाभ हुने भए पनि ठूलो लगानी गरेका संस्थापकहरुलाई नगद लाभांश लिँदा फाइदा हुन्छ । यस्तो लाभांशबाट प्राप्त पैसाले उनीहरुलाई नगद प्रवाहको व्यवस्थापन गर्न र नयाँ क्षेत्रमा लगानी गर्न पनि स्रोत दिन्छ ।
विगत लामो समयदेखि लाभांश नै कम भएको र प्राप्त हुने लाभांश पनि बोनश सेयरको रुपमा दिँदा बैंककै पूँजीमात्रै बढेका कारण लगानीकर्ताको हात खाली हुँदै आएको थियो ।
बैंकको संस्थापक सेयर कारोबार गर्न भइरहेको कठिनाइले पनि उनीहरुलाई अप्ठेरो परेको गभर्नरको भनाइ छ । उनले कार्यकालको सुरुदेखि नै बैंकको संस्थापक सेयरको कारोबारलाई खुकु्लो वा खुल्ला गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
पूँजीको प्रवाह बढाउन र अर्थतन्त्रलाई नवप्रवर्तनमा जोड्न यस प्रकारको स्वामित्व हस्तान्तरणमा सहजिकरण गर्नुपर्ने धारणा उनको छ ।
‘तपाइँहरुले चाँडो एजीएम (साधारण सभा) गनुर््पर्यो र नगद लाभांश दिएर लगानीकर्ताको हात हातम पैसा पु¥याउने वातावरण बनाउनु पर्यो’, गभर्नर पौडेललाई उद्धृत गर्दै कार्यक्रममा सहभागी एक बैंकरले भने ।
उनले सरकारको पुँजीगत खर्च पहिलो त्रैमासबाटै गर्नुपर्ने र यसबारेमा अर्थ मन्त्रालयले प्रयास गरिरहेको पनि जानकारी दिए । साथै आफूले पनि अर्थ मन्त्रालयमा यसबारे बारम्बार सुझावहरु पठाएको उनको भनाइ थियो ।
सरकारले खर्च बढाएसँगै बैंकहरुमा थप तरलता सिर्जना हुने भनेर उनले कर्जा प्रवाहमा केन्द्रित हु्न बैंकरहरुलाई आग्रह पनि गरे ।













