सुनको मूल्य तोलामा ८०० रूपैयाँले घट्यो, चाँदीको मूल्य कति ?
काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो एकै दिन तोलामा १४०० रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । हिजो प्रतितोला दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज दुई हजार २७० रुपैयाँ कायम भएको छ।












