विद्युत सुदृढीकरणमा १६ अर्ब ऋण, जर्मन सरकारबाट २० मिलियन युरो अनुदान « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

विद्युत सुदृढीकरणमा १६ अर्ब ऋण, जर्मन सरकारबाट २० मिलियन युरो अनुदान



काठमाडौं । सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १२० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

गत सोमबार (साउन १२ गते ) बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

सो रकममध्ये ८६.७ मिलियन अमेरिकी डलर छोटो परिपक्वता अवधि भएको ऋण र ३३.३ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वरूप हुनेछ । कुल रकम करिब १६ अर्ब ७४ करोड नेपाली रुपैयाँ बराबरको हुनेछ ।

त्यसैगरी, विद्युत वितरण प्रणाली सुदृढीकरण कार्यक्रमका लागि जर्मन सरकारले उपलब्ध गराउने २० मिलियन युरो बराबरको अनुदान सहायता पनि मन्त्रिपरिषद् बैठकले स्वीकार गर्ने निर्णय गरेको छ । योजनाले राष्ट्रिय विद्युत प्रणालीको स्तरोन्नति, आपूर्ति सुदृढीकरण र सेवा गुणस्तरमा सुधार ल्याउने सरकारको अपेक्षा छ ।


प्रतिक्रिया दिनुहोस्