सस्तियो पेट्रोलको भाउ : डिजेल–मट्टितेल र हवाई इन्धन भने महँगो, यस्तो छ नयाँ मूल्य सूची « Arthapath.com
२० असार २०८३, शनिबार

सस्तियो पेट्रोलको भाउ : डिजेल–मट्टितेल र हवाई इन्धन भने महँगो, यस्तो छ नयाँ मूल्य सूची



काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन गरेको छ ।

पेट्रोलको भाउ सस्तो बनाए पनि डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने बढाएको छ ।

निगमले भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीको आधारमा मूल्य समायोजन गरिएको जानकारी दिएको छ । समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । तरm, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँले बढाइएको जनाएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा काठमाडौंका लागि प्रतिकिलो लिटर २१ अमेरिकी डलर थपिएको छ । पोखरा र भैरहवा विमानस्थलका लागि भने ‘ब्रेक डाउन पोइन्ट’मा मूल्य निर्धारण गरिएको छ ।

यता, एलपी ग्यासको खुद्रा मूल्यमा कुनै परिवर्तन गरिएको छैन। समायोजित नयाँ दरहरू आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्