एनएमबि सरल बचत फण्ड–इकाे ४.२७ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८१\८२ का लागि नगद लाभांश घोषणा गरेको छ।
कोषले आफ्ना इकाईधनीहरूलाई करसहित ४.२७ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल वितरणको निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि साउन १६ गते बुकक्लोज गरिएको छ, जसअनुसार साउन १५ गतेसम्म कायम रहेका इकाईधनीहरूले लाभांश प्राप्त गर्नेछन्।
एनएमबि सरल बचत फण्ड–इ एक खुलामुखी योजना भएकोले, डिभिडेन्ड रि–इनभेष्टमेन्ट योजनामा सहभागी इकाईधनीहरूको लाभांश रकमबाट कानुनअनुसार लाग्ने कर र इकाई खरिद शुल्क कट्टी गरी बाँकी रकम इकाई हितग्राही खातामा पठाइने व्यवस्था गरिएको एनएमबि क्यापिटलले जनाएको छ।












