नाइमा मोबिलिटी एक्सपाेमा सार्वजनिक हुँदै एथर रिज्टा « Arthapath.com
६ असार २०८३, शनिबार

नाइमा मोबिलिटी एक्सपाेमा सार्वजनिक हुँदै एथर रिज्टा




काठमाडौं । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टाको नेपालमा औपचारिक सार्वजनिक घोषणा गर्न लागेको छ ।

नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी नाइमा एक्सपाे २०२५ मा, आगामी साउन २१ गते एथर रिज्टा पहिलो पटक सार्वजनिक गरिनेछ ।

थर रिटाले भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको छ उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षालाई एकै साथ समेटेर । नेपाली परिवारका लागि विशेष रूपले डिजाइन गरिएको रिज्टा केवल स्कुटर होइन, आधुनिक जीवनशैलीको एक अङ्ग हो। 

यस अवसरमा वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले रिज्टा केवल स्कुटर नभइ स्मार्ट मोबिलिटी समाधान हो जुन हाम्रो धेरैजसो जनसंख्याका लागि उपयुक्त रहेकाे बताए। ४५० सिरिजको सम्पूर्ण प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै ल्याइएको रिज्टा मार्फत नेपालमा दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न चाहेकाे उनले बताए । 

एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ, जसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, र थप स्टोरेज जस्ता विशेषताहरू हुनेछन्। एथरको प्रमाणित प्लेटफर्ममा आधारित नाइमा आगन्तुकहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन, जानकारी लिन र बुकिङको अवसर समेत पाउनेछन् ।

एथर रिज्टाको आगमनले नेपाली बजारमा एथरको उपस्थिति अझ सशक्त बनाउने र नेपाली परिवारलाई इलेक्ट्रिकमा स्विच गर्न प्रेरित गर्ने वैद्यकाे भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्