मनकामना हाइड्रोपावरको वित्तीय स्थिति सुधार, २ करोडभन्दा बढी घटायो नोक्सानी, कस्ता छन् अन्य सूचक ? « Arthapath.com
७ असार २०८३, आइतबार

मनकामना हाइड्रोपावरको वित्तीय स्थिति सुधार, २ करोडभन्दा बढी घटायो नोक्सानी, कस्ता छन् अन्य सूचक ?



काठमाडौं । गत आर्थिक वर्ष मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको नोक्सानी घटेको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी २ कराेड ८ लाख ४४ हजार रुपैयाँ घटेको हो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ करोड १६ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ७ लाख नोक्सानीमा रहेको छ।

यस्तै समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०.११ प्रतिशत बढेर १२ करोड ३ लाख ६८ हजार पुगेको छ भने कुल नाफा ७.२९ प्रतिशत बढेर ९ करोड ७१ लाख २४ हजार पुगेको छ।

यस्तै यस अवधिमा कम्पनीको अन्य आम्दानी ८३३.७५ प्रतिशत बढेर १२ करोड ४६ लाख ५५ हजार छ भने वित्तीय खर्च २६.८२ प्रतिशत घटेर ६ करोड ७८ लाख ८३ हजारमा झरेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ ७७ पैसा रहेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ९८ लाख रुपैयाँ ऋणात्मक छ।


प्रतिक्रिया दिनुहोस्