बैंकिङ्ग कसूर मुद्दामा फरार राउत पक्राउ, २५ लाख जरिवाना « Arthapath.com
७ असार २०८३, आइतबार

बैंकिङ्ग कसूर मुद्दामा फरार राउत पक्राउ, २५ लाख जरिवाना



काठमाडौं । बैंकिङ्ग कसूर मुद्दामा फरार जनक राउतलाई पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले राउतलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाएको छ ।

उच्च अदालत पाटनले २०७५ असार २४ गते राउतलाई २५ लाख बिगो भराई सोही रकम जरिवाना र १ महिनाको कैद सजाय तोकेको थियो ।

उक्त फैसलाविरुद्ध पुनरावेदन परेपछि सर्वोच्च अदालतले गत वर्ष असार २४ गते उच्च अदालतको फैसला सदर गर्ने ठहर गरेपछि प्रतिवादी फरार रहेका थिए ।

तर,ब उनलाई गत शुक्रबार (साउन १६ गते) काठमाडौको गोकर्णेश्वर नगरपालिका– १, बि.पि. चोकबाट फेला पारी पक्राउ गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्