१५ कार्तिक २०८३, आइतबार

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्ष रिमालको निधन



नुवाकोट । तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको ४५ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा सोमवार बिहान उनको निधन भएको हो ।

मृगौला रोगबाट पीडित रिमाल चिकित्सकको सल्लाहअनुसार विश्राम गर्नुपर्ने भए पनि कार्यमा सक्रिय रहेका थिए । उनी २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

रिमाल नेकपा एमाले नुवाकोटका सचिवालय सदस्य समेत थिए । रिमालको आजै बुनेबेशीघाटमा अन्त्येष्टि गरिएको एमाले नुवाकोटले जनाएको छ ।

उनको निधनप्रति शोक व्यक्त गर्दै गाउँपालिकाले आज सार्वजनिक बिदा घोषणा गरेको गाउँपालिका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।