२० भदौ २०८३, शनिबार

खर्च कटौतिले मुक्तिनाथ कृषि कम्पनीको नाफामा उछाल: कमायो १० करोड नाफा, इपिएस पनि बढ्यो



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको नाफा उछाल आएको छ । कम्पनीको नाफा ३६२.४९ प्रतिशत बढेको छ ।

कम्पनीले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ४.६२ गुणा बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी पनि ८.४६ प्रतिशत बढेर ७२ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ६६ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल आम्दानी ४७.२१ प्रतिशत बढेर २५ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीले १७ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

आम्दानी बढाएको कम्पनीले खर्च नियन्त्रण गरेपछि नै खुद नाफामा उछाल आएको हो । गत आवमा कम्पनीको कुल खर्च १४.५५ प्रतिशत घटेर १३ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनी प्रतिसेयर आम्दानी (इपिएस) १४.३६ रुपैयाँ छ । जबकि, अघिल्लो आवमा भने ३.११ रुपैयाँ रहेको थियो । यता, प्रतिसेयर नेटवर्थ १०४.१२ रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ ।