१०६ मेगावाटको जगदुल्ला जलविद्युत् निर्माणका लागि ठेक्का सम्झौता, ५४ महिनाभित्र सक्ने योजना
काठमाडौं । जगदुल्लामा १०६ मेगावाट क्षमताको नयाँ जलविद्युत् आयोजना निर्माण कार्य अघि बढको छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडको सहायक संस्था जगदुल्ला हाइड्रोपावर लिमिटेडले उक्त आयोजना निर्माण गर्न लागेको हो । अर्धजलाशयुक्त (पिआरओआर) आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
यो आयोजना ५४ महिनाभित्र निर्माण पूरा गर्ने सम्झौता भएको छ । चीनको चाइना जियाङ्सी कन्स्ट्रक्सन र नेपालको एएनके कन्स्ट्रक्सनसँग संयुक्त रूपमा सिभिल र हाइड्रो–मेकानिकल कामहरू गरिने सम्झौता भएको छ ।
सम्झौतामा कुल लागत कर सहित १३ अर्ब ७३ करोड रुपैयाँ तोकिएको छ । यद्यपि, यो प्रारम्भिक अनुमानभन्दा ९.६ प्रतिशत कम हो ।
आयोजनाले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा जलाशय निर्माण गर्दै ६.१३ किलोमिटर लामो सुरुङमार्फत १०६ मेगावाट बिजुली उत्पादन गर्नेछ । वार्षिक ६१५ गिगावाट घण्टाभन्दा बढी ऊर्जा उत्पादन हुने योजनामा बजारयोग्य ऊर्जा ८१ गिगावाट घण्टा हुने अपेक्षा छ ।
स्थानीय सडक, पुल निर्माण र रोजगारी सिर्जनासहित सामाजिक–आर्थिक विकासमा टेवा पु¥याउने अपेक्षा छ । उक्त आयोजना नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता समेत भइसकेको छ ।
नबिल बैंक नेतृत्वमा विभिन्न वित्तीय संस्थाहरूले १२ अर्बभन्दा बढी लगानी गर्ने भएका छन् । कम्पनीका अनुसार आयोजनामा नबिल बैंक्ले ४ अर्ब ४० करोड, एचआइडीसीएलले ४ अर्ब, कर्मचारी सञ्चय कोषले २ अर्ब र लक्ष्मी सनराइज तथा एभरेष्ट बैंकको समान १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुनेछ ।
जलविद्युत् आयोजनाले डोल्पाका प्राकृतिक स्रोतहरूको बजार विस्तारमा योगदादिने कम्पननीले जनाएको छ। यसका स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।













