नागढुंगा सुरुङमार्ग हुँदै गुड्ने सवारी साधनले शुल्क तिर्नुपर्ने, कसलाई कति तोकियो ?
काठमाडौं । नागढुंगा सुरुङमार्गमा अब सवारी साधनहरूले सस्तो र छिटो यात्रा गर्न सक्ने भएका छन् । तर, यसका लागि भने उनीहरूले निर्धारित शुल्क तिर्नुपर्नेछ।
सरकारले उक्त सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । सवारी साधनका प्रकार अनुसार विभिन्न शुल्क निर्धारण गरिएको छ ।
कार र भ्यानका लागि, काठमाडौंमा प्रवेश गर्दा ६५ रुपैयाँ र फर्कदा ६० रुपैयाँ, मिनी बस र ट्रकका लागि ११५ रुपैयाँ र फर्कदा ८० रुपैयाँ तोकिएको छ ।
यस्तै, ठूला बस र ट्रकका लागि २६० रुपैयाँ र फर्कदा २०० रुपैयाँ तोकिएको छ । साथै, भारी उपकरणका सवारी साधनले ६०० रुपैयाँ तिरेर काठमाडौं प्रवेश गर्न सक्नेछन्, जबकि फर्केर जानु पर्दा भने २५० रुपैयाँ शुल्क लाग्नेछ ।
तर, मोटरसाइकल र प्रज्वलनशील इन्धन बोक्ने गाडीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको छैन ।
सरकारले नागढुंगा सुरुङमार्गको उपभोगलाई व्यवस्थित बनाउने उद्देश्य राखेको छ । जसले सडकका अन्य विकल्पहरूको तुलनामा सुरुङमार्गलाई सहज र सस्तो यात्रा विकल्प बनाउनेछ ।













