५८ प्रतिशत बढायो ‘होटल सारथी’ ले व्यापार : ६० करोड कर्जाका लागि रेटिङ, आइपीओ कहिले ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

५८ प्रतिशत बढायो ‘होटल सारथी’ ले व्यापार : ६० करोड कर्जाका लागि रेटिङ, आइपीओ कहिले ?



काठमाडौं । होटल सारथी प्राइवेट लिमिटेडले व्यापारमा उल्लेख्य सुधार गरेको छ । धुलिखेल स्थित होटलले एकै वर्ष ५८.२१ प्रतिशत व्यापार वृद्धि गरेको हो ।

होटलले गत वर्ष सन् २०२४ मा १० करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ । यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा भने ३९ करोड बढी हो । होटलले सन् २०२३ मा ६७ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । होटलको व्यापार वर्षेनि बढ्दोक्रममा देखिएको छ ।

होटलको सञ्चालन र व्यवस्थापनको क्षमता प्रदर्शन गर्दै भविष्यतर्फ नयाँ उचाइतर्फ यात्रामा अघि बढाइरहेको देखिन्छ ।

होटल सारथी सन् २०१४ मा २.९३ हेक्टर क्षेत्रफलमा स्थापना भएको हो । सारथीले आफ्नो कोठा संख्या ७५ पुर्याएको छ । जसमा नयाँ स्पा र प्रेसिडेन्सियल सुइटको समावेशले विशेष आकर्षण थपेको छ । यसका साथै, खाद्य र पेय पदार्थ र माईस सेवाहरूबाट भएको राजस्वमा उल्लेखनीय वृद्धि भएको होटलले जनाएको छ ।

होटल सारथीले ६० करोड रुपैयाँको दीर्घकालीन र अल्पकालीन कर्जा रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपालले होटलको दीर्घका लिन बैंक सुविधाका लागि ‘एनपि बि ल्पस’ र अल्पकालिनका लागि ‘एनपि ए फोर’ पुःन रेटिङ गराएको छ ।

पुनः रेटिङको अर्थ भनेको होटल सारथीको वित्तीय स्थिति सुधार हुँदै गएको र कम्पनीले आफ्नो बैंक सुविधासँग सम्बन्धित आवश्यक जानकारी समयमै आपूर्ति गरेको जनाउँछ । रेटिङ पुनः पुष्टि हुँदा होटल सारथीको क्रेडिट प्रोफाइलमा सकारात्मक संकेत प्राप्त भएको उल्लेख छ ।

रेटिङले होटल सारथीको दीर्घकालीन र छोटोकालीन बैंक सुविधामा आधारित वित्तीय सुरक्षा र स्थिरता सुनिश्चित गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

होटलले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ समेत जारी गर्दैछ । आइपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । आइपीओ मार्फत होटलले आफ्नो विस्तार र सेवा सुधारका लागि आवश्यक पूँजी जुटाउने लक्ष्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस्