सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा झिनो सुधार, कस्ता छन् अन्य वित्तिय सूचक ?
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १.४५ प्रतिशतले वृद्धि भएको हो।
गत आवमा कम्पनीले ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जनमा समेत २२.८३ प्रतिशत बढेको छ। यस अविधमा कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।अघिल्लो आवमा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीले १ अर्ब २ करोड २८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यो रकम ८७ करोड ३ लाख रुपैयाँ थियो।
यस अवधीमा कम्पनीको कुल आम्दानी १९.५२ प्रतिशतले बढेर १५अर्ब १३ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि २०.३० प्रतिशतले वृद्धि भई १४ अर्ब ५२ करोड ६२ लाख पुगेको छ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि १० पैसाले बढेर ६.९९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२६.८५ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहको कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ रहेको छ।













