नेपाल लाइफको बीमा शुल्क र आम्दानीमा दोहोरो अंकको वृद्धि, नाफा ६० करोड नाघ्यो
काठमाडाैं । देशकाे सबै भन्दा ठूलाे जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्याेरेन्सले एक वर्षमा ६० कराेड ३२ लनख ६३ हजार रूपैयाँ खुद् नाफा कमाएकाे छ ।
कम्पनीले सार्वजनिक गरेकाे गत आवको चौथो त्रैमासिक वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको नाफा १७.३७ प्रतिशत बढेको हो ।
अघिल्लाे आर्थिक वर्ष कम्पनीले ५१ कराेड ३९ लाख ८२ हजार रूपैयाँ खुद् नाफा आर्जन गरेकाे थियाे ।
यस अवधीमा कम्पनीको खुद बीमा शुल्क संकलन १८.८४ प्रतिशतले बढेर ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो बीमा शुल्क रकम ४० अर्ब ११ करोड रुपैयाँ संकलन गरेको थियो ।
यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १५.४३ प्रतिशतले बढेर ६८ अर्ब ३० करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी ५९ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत ६ रुपैयाँबाट वृद्धि भई ६.६८ रुपैयाँ पुगेको छ भने समीक्षा अवधीमा नेपाल लाइफले आफ्ना अभिकर्तालाई तीन अर्ब ६६ करोड ६८ लाख रुपैयाँ कमिशन बापत वितरण गरेको छ ।
त्यस्तै ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब २४ करोड रुपैयाँ सञ्चिति गरेको छ भने यस अवधीमा नेपाल लाइफले एक खर्ब ८९ अर्ब रुपैयाँ लगानी गरेको छ ।













