व्यापारमा ‘नम्बर वान’ शिखर इन्स्योरेन्सको नाफा ४५ करोड नाघ्याे, प्रति शेयर आम्दानी कति ?
काठमाडाैं। गत आर्थिक वर्ष २०८१/८२ मा शिखर इन्स्योरेन्स कम्पनीले ४५ करोड २७ लाख १९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गत आवको चौथो त्रैमासिक वित्तिय विवरणले यस्ताे देखाएकाे हाे ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुतनामा गत वर्ष कम्पनीको खुद नाफा १.६६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ४४ करोड ५३ लाख ७ हजार मुनाफा आर्जन गरेको थियो ।
शिखर इस्योरेन्स व्यापारमा नम्बर वान कम्पनी बनेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ३१.९१ प्रतिशत बढेर १ अर्ब ७१ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले १ अर्ब २९ कराेड ७८ लाख रूपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११.७५ प्रतिशतले बढेर २ अर्ब ७३ करोड २ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
यता यस अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी १६.७७ रूपैयाँबाट घटेर १५.४९ रूपैयाँ कायम भएकाे छ भने प्रतिशेयर नेटवर्थ १९८.९७ रूपैयाँ रहेकाे छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ छ। कम्पनीले महाविपत्ति कोषमा १६ करोड ७ लाख रुपैयाँ र जगेडा कोषमा २१ करोड १७ लाख रुपैयाँ राखेको छ।













