५ रूपैयाँले बढ्याे बाणिज्य बैंकहरूकाे प्रतिसेयर आम्दानी, कुनको कति ?
काठमाडौं । नाफामा उल्लेख्य सुधार गरेका वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ ।
अहिले बैंकहरुको औसत इपिएस १९.४३ रुपैयाँ छ । जबकि, अघिल्लो वर्षमा यस्तो आम्दानी १४.२४ रुपैयाँ रहेको थियो । एक वर्षमा औसत इपिएस ५.१९ रुपैयाँ बढेको हो । अधिकांश बैंकहरुको यस्तो आम्दानी बढाएका छन् ।
लाभांश क्षमता उच्च रहेको एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ३७.९९ रुपैयाँ छ ।यो अघिल्लो वर्षको तुलनामा ६.५२ रुपैयाँ बढी हो ।
दोस्रो स्ट्याण्डर्ड चार्टर्डको ३०.१७ रुपैयाँ छ ।तर, अघिल्लो वर्षको तुलानामा ४.५६ रुपैयाँ कम हो ।
यस्तै, कृषि विकास बैंकको २७.६३ रुपैयाँ, नबिलको २६.३४ रुपैयाँ, नेपाल बैंकको २५.६८ रुपैयाँ, राष्ट्रिय वाणिज्यको २४.४१ रुपैयाँ, सिद्धार्थको २४.१० रुपैयाँ, प्रभूको २३.१२ रुपैयाँ र प्राइम कमर्सियलको २०.७४ रुपैयाँ छ ।
यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९.८ रुपैयाँ, सानिमाको १८.९३ रुपैयाँ, एनएमबिको १७.८७, माछापुच्छ्रेको १७.३१, लक्ष्मी सनराइजको १६.९१, नेपाल एसबिआईको १६.५४, ग्लोबल आइएमईको १६.२८ रुपैयाँ छ ।
यी बाहेकका चार बैंकको इपिएस १० रुपैयाँ भन्दा कम छन् । सिटिजन बैंकको इपिएस ८.७६ रुपैयाँ, कुमारीको ८.०७ रुपैयाँ, हिमालयनको ६.९८ रुपैयाँ र एनआइसी एशियाको १.०८ रुपैयाँ छ ।














