निर्जीवन बीमा क्षेत्रकाे शिखरमा सिद्धार्थ प्रिमियर, व्यापार र नाफामा उच्च सफलता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निर्जीवन बीमा क्षेत्रकाे शिखरमा सिद्धार्थ प्रिमियर, व्यापार र नाफामा उच्च सफलता



काठमाडौं । बीमा केवल एक कागजी सम्झौता होइन, यो कठिन घडीमा साथ दिने भरोसा हो । यही भरोसालाई बलियो आधार बनाएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पछिल्लो आर्थिक वर्षमा उल्लेखनीय सफलता हात पारेको छ ।

सिद्धार्थ प्रिमियर निर्जीवन बीमा क्षेत्रमै सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ । व्यापार विस्तार, सेवा गुणस्तर र दावी फछ्र्यौटमा देखिएको चुस्तताले कम्पनीलाई दिगो प्रगतिको बाटोमा अघि बढाएको छ ।

स्थायीत्व, पारदर्शिता र दूरदृष्टियुक्त व्यावसायिक रणनीतिले बीमा क्षेत्रमा एक विश्वासिलो ब्रान्डको रूपमा स्थापित गरिरहेको छ । नाफा, व्यापार विस्तार र दावी फछ्र्यौट जस्ता मुख्य सूचकमा उल्लेखनीय प्रगति गर्दै निर्जीवन बीमा क्षेत्रको अग्रमोर्चामा आफूलाई उभ्याएको छ ।

नाफामा नम्बर वान्

कम्पनीले गत वर्ष सर्वाधिक नाफा कमाउने निर्जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले गत वर्ष ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३.६३ प्रतिशत धेरै हो ।

कम्पनीको व्यापार बढेसँगै नाफा पनि वृद्धि भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीको व्यापार वृद्धिदर पनि ३.१८ प्रतिशत देखिन्छ । कम्पनीले एकै वर्ष ४ अर्ब ३१ करोड २ लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

गत वर्ष कम्पनीले २ लाख ९८ हजार ९७५ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । जबकि, अघिल्लो वर्ष यस्तो बीमा शुल्क आर्जन ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

व्यापारको मुख्य आधार: सम्पत्ति र मोटर बीमा

कम्पनीले सबैभन्दा धेरै सम्पत्ति बीमा मार्फत व्यवसाय भित्र्याएको छ । कुल व्यापारको ३५.८४ प्रतिशत सम्पत्ति बीमाको योगदान छ । गत वर्ष कम्पनीले यस बीमा मार्फत १ अर्ब ५४ करोड ४८ लाख रुपैयाँ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो ठुलो हिस्सा मोटर बीमाको छ । मोटर बीमा मार्फत कम्पनीले एकै वर्ष १ अर्ब ३२ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कुल व्यवसायमा मोटर बीमाको योगदान ३२.१५ प्रतिशत छ । बीमा कम्पनीको व्यवसाय नै सम्पत्ति र मोटरमा बढी निर्भर हुने गरेको छ ।

सिद्धार्थ प्रिमियरले इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा मार्फत पनि ५७ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कुल व्यवसायमा यस बीमाको योगदान भने १३.३३ प्रतिशत हुन आउँछ ।

यस्तै, सामुन्द्रिक बीमाको ६.२५ प्रतिशत, विविध बीमा योगदान ५.६७ प्रतिशत, स्वास्थ्य बीमाको ५.१२ प्रतिशत योगदान छ । गत वर्ष यी बीमा मार्फत कम्पनीले क्रमशः २६ कारेड ४७ लाख, २४ करोड ४४ लाख, २द्द करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यता, कृषि तथा बाली बीमा मार्फत ५ करोड ४७ लाख, हवाई बीमा मार्फत १ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दावी भुक्तानी प्रक्रिया सरल : एकै वर्ष ३ अर्ब बढी भुक्तानी, बाढी पहिरोको मात्रै सवा अर्ब माथि

व्यापारमा स्मुथ्ली ग्रोथ गरेको कम्पनीले गत वर्ष ३ अर्ब बढी दावी भुक्तानी गरेको छ । बाढी तथा पहिरोका कारण कम्पनीमा दावीको चाप देखिएको छ ।

कम्पनीका अनुसार गत वर्ष ३ अर्ब २ करोड ४१ लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । कम्पनीले १७ हजार ७३० वटा दावी फछ्र्यौट गरेको छ । उल्लेखित दावी रकममध्ये २ अर्ब ७६ करोड ४० लाख रुपैयाँ अन्तिम दावी भुक्तानी हो र २६ करोड १ लाख अन्तरिम भुक्तानी हो ।

गत वर्ष बाढी तथा पहिरोबाट सृजित दायित्वको मात्र ४५६ वटा दावी भुक्तानी दिएको छ । कम्पनीले १ अर्ब २१ करोड २ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो । अब बाढी पहिरोसँग सम्वन्धित ४६ वटा भुक्तानी हुन बाँकी देखिएको छ ।

कम्पनीका अनुसार गत आवमा कुल १७ हजार १५६ वटा दावी दर्ता भएका थिए । दावी दर्ता भन्दा बढी फट्र्यौट गरेको देखिन्छ । यसले कम्पनीको दावी फट्र्यौट प्रक्रिया र सम्पादन कार्य राम्रो भएको संकेत गर्दछ । हाल कम्पनीमा ४ हजार ३८० वटा दावी फछ्र्यौट हुन बाँकी छ ।

भुक्तानी हुन बाँकी रहेका दावीहरु शीघ्र फछ्र्यौटका लागि हरसम्भव प्रयास गरिरहेको कम्पनीले जनाएको छ । बीमतबाट आवश्यक कागजात प्राप्त नहुँदा पनि भुक्तानीमा ढिलाई भएको कम्पनीले जनाएको छ ।

आफ्नो दाबीसँग सम्वन्धित कागजात क्षति मूल्यांकनका लागि खटाइएका सर्भेयर, देशैभरका शाखा तथा प्रधान प्रदेश कार्यालयमा सम्पर्क राखी शीघ्र कागजात पेश गर्न समेत अनुरोध गरेको छ । कम्पनीमा भैपरी आउने दावीहरु शिघ्र फछ्र्यौटका लागि प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्