बिहीबार थप १९ सय ११ जनामा कोरोनो,संक्रिय संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं । विहिबार नेपालमा थप १९ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा गरिएको जाँचमा १९ सय ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या ९ सय ६१ जना रहेका छन । योसंगै निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । देशभर २१ हजार ८ सय ३० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ०९ पुगेको छ ।