चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घट्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घट्यो



काठमाडाैं । नेपाली बजारमा लगातार बढेकाे सुनकाे मूल्य सोमबार घटेको छ। हिजाे एकैदिन २३०० रूपैयाँले बढेकाे सुन आज प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाला सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यता भने चाँदीकाे मूल्य हालसम्मकै ऐतिहासिक उचाइमा पुगेको छ । यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । सोमबार चाँदी तोलाको दुई हजार ३५५ करोबार भइरहेको छ ।

आईतबार चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत साउन ७ गते चाँदीकाे मूल्यले दुई हजार ३५० रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्