तीजकै दिन महँगियो सुनको भाउ, प्रतितोला कति पुग्यो ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

तीजकै दिन महँगियो सुनको भाउ, प्रतितोला कति पुग्यो ?



काठमाडौं । तीजकै दिन सुनको भाउ महँगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ९८ हजार ७०० रुपैयाँ तोकिएको छ । जबकि, भदौ ९ गते सोमबार १ लाख ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साताको तेस्रो कारोबार दिन चाँदीको भाउ पनि थप वृद्धि भएको छ ।आज चाँदी तोलामा ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको छ । सोमबार भने २ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्