बाराही होटलको ‘हाई क्लास’ व्यापार: एकै वर्ष २१ प्रतिशत बढ्यो कारोबार, डेढ अर्ब कर्जाका लागि रेटिङ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बाराही होटलको ‘हाई क्लास’ व्यापार: एकै वर्ष २१ प्रतिशत बढ्यो कारोबार, डेढ अर्ब कर्जाका लागि रेटिङ



काठमाडौं । नेपाली होटल क्षेत्रको प्रतिस्पर्धात्मक बजारमा होटल बाराहीले उल्लेख्यनीय व्यवसायिक सफलता पाएका छ ।
होटलले आफ्नो व्यापारको आकार २०.८१ प्रतिशत बढाएको छ । एकै वर्ष होटलले ६५ करोड बढीको व्यापार गरेको हो ।

ग्राहक सन्तुष्टिलाई प्रमुख मन्त्र मानेर अघि बढेको होटलले २०२५ मा ६५ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ ।
पोखराको लेकसाइड र काठमाडौंको ठमेलमा रहेका आफ्नो सुविधा सम्पन्न शाखाहरू मार्फत बाराहीले व्यापार गर्दै आएको छ ।

बाराही समूहका अनुसार अघिल्लो वर्ष सन् २०२४ मा पनि होटलले ५३ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।

यसका आधारमा होटलको व्यापार वृद्धिदर उच्च दरमा देखिएको छ । होटलले सन् २०२३ मा भने २२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । त्यसभन्दा अघिल्लो वर्ष सन् २०२२ मा ११ करोड ७० लाख र सन् २०२१ मा १ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

बाराही होटल नेपालमै उत्पादन, नेपाली स्वाद, अन्तर्राष्ट्रिय सेवा भन्ने नारासहित अगाडि बढिरहेको छ । होटलका अध्यक्ष हरिप्रसाद पौडेलको नेतृत्वमा सञ्चालित बाराहीले चितवनमा समेत आफ्नो शाखा विस्तार गरिसकेको छ । लगानीकर्ता मुख्यत: पौडेल परिवार हुन् भने केही सेयर ‘बाराही हाउजिङ एन्ड लिजिङ’को पनि रहेको छ ।

अहिले होटलको कोठा उपयोग दर (अकुपेन्सी रेट) करिब ७५ प्रतिशत पुगेको छ । जुन सन् २०२४ मा ७८ प्रतिशत थियो । आम्दानीको प्रमुख हिस्सा कोठा भाडाबाट आएको होटलले जनाएको छ । यस्तो आम्दानी वार्षिक रूपमा ३१ प्रतिशतको वृद्धि देखिएको छ ।

होटलले इक्रा नेपालमार्फत आफ्नो ऋण भुक्तानी क्षमता मूल्यांकन गराउँदै एक अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ समेत गराएको छ । जसमध्ये १ अर्ब २९ करोड दीर्घकालिन र ३ करोड अल्पकानी कर्जा रहेको छ । इक्राका अनुसार अल्पकालीन कर्जामा ‘एनबिबी माइनस’ र दीर्घकालीन कर्जामा ‘एफोर’ रेटिङ पाएको छ ।


प्रतिक्रिया दिनुहोस्