कृषि विकास बैंकको अध्यक्ष बने पौडेल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कृषि विकास बैंकको अध्यक्ष बने पौडेल



काठमाडौं । अनुभवी व्यवस्थापक डिम प्रसाद पौडेल कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् ।

अर्थ मन्त्रालयबाट सञ्चालकको जिम्मेवारी पाएको केही घण्टामै बुधबार बिहान बसेको समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षको भूमिकामा चयन गरेको हो ।

पदबहालीसँगै पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको शपथ पनि लिएका छन् ।

पूर्वमा नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालेका पौडेलसँग राष्ट्रिय तथा बहुराष्ट्रिय संस्थामा दुई दशकभन्दा बढीको प्रवन्धन अनुभव छ ।

वित्तीय क्षेत्रमा नवीन सोच र सशक्त नेतृत्वका लागि चिनिने उनी बैंकको दीर्घकालीन रणनीति र विस्तार योजनामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्