हालसम्मकै उच्च बिन्दुमा सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधवार नेपाली बजारमा ३०० रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलामा ४०० रुपैयाँ बढेको हो ।
आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोता १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। बुधबार तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।













