एकै महिनामा दाेस्राे पटक बढ्याे अण्डाको मूल्य, गाेटाकै २३ रुपैयाँ! - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एकै महिनामा दाेस्राे पटक बढ्याे अण्डाको मूल्य, गाेटाकै २३ रुपैयाँ!



काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि वृद्धि गरेको छ। संघको कार्यकारिणी समितिको निर्णयअनुसार नयाँ दर भदौ १५ गतेदेखि लागू हुनेछ।

संघले तोकेको नयाँ मूल्यअनुसार अब फार्मबाट होलसेल मूल्यमा ठूलो अण्डाको प्रति क्रेट ५४५ रुपैयाँ, मध्यम अण्डा ५३० रुपैयाँ र सानो अण्डा प्रति पेटी ३,००० रुपैयाँ कायम गरिएको छ।

उपभोक्ताका लागि नयाँ खुद्रा मूल्य प्रति गोटा २३ रुपैयाँ र २ गोटाको ४५ रुपैयाँ तोकिएको छ।

यसअघि भदौ ४ गतेमात्रै अण्डाको मूल्य समायोजन गरी ठूलो अण्डाको क्रेट मूल्य ५३० रुपैयाँ र मध्यम अण्डाको ५१५ रुपैयाँ तोकिएको थियो।

संघले चितवनबाट अण्डा बिक्री डिपोहरूमा लोड गरेर पठाउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ अतिरिक्त खर्च लाग्ने जानकारी पनि दिएको छ।


प्रतिक्रिया दिनुहोस्