प्राधिकरण अध्यक्षबाट ओझालाई तत्काल नहटाउन आदेश, के होला नयाँ प्रक्रिया? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्राधिकरण अध्यक्षबाट ओझालाई तत्काल नहटाउन आदेश, के होला नयाँ प्रक्रिया?



काठमाडौँ। सरकारले बर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदबाट तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अदालतले ओझालाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्तिको प्रक्रियालाई यथास्थितिमै रोक्न आदेश जारी गरेको छ।

सरकारले चार महिना मात्रै काम गरेका ओझालाई कार्यसम्पादन कमजोर भएको भन्दै यसअघि बर्खास्त गरेको थियो।

उक्त निर्णयको विरुद्ध ओझाले गत आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।


प्रतिक्रिया दिनुहोस्