भोलीदेखि वैदेशिक रोजगार कार्यलय खुल्दै ,श्रम स्वीकृति लिन पाइने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भोलीदेखि वैदेशिक रोजगार कार्यलय खुल्दै ,श्रम स्वीकृति लिन पाइने



काठमाडौं । भोलीबाट श्रम स्वीकुति खुल्ने भएको छ ।गत असोज १४ गतेबाट वैदेशिक रोजगार कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना देखिएसंगै श्रम स्वीकृति बन्द भएको कार्यलयले पुनः भोलिबाट सेवा प्रवाह गर्ने जनाएको छ ।


कार्यलयको सेवा गत १४ गतेबाट बन्द भएको थियो ।आज एक सुचना निकाल्दै कार्यालयले सेवा प्रवाह रोकिएकोमा भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीहरूको समस्यालाई मध्यनजर राखी १९ गतेबाट सावधानीपूर्वक सिमित सेवा सञ्चालनमा गरिने बताएको छ ।

सुचनामा सेवाग्राहीले सामाजिक दूरीका कायम गर्नुपर्नेछ । साथै, स्वास्थ्यसम्बन्धि सुरक्षाका अन्य मापदण्डको पालना अनिवार्य रुपमा गर्नुपर्ने जनाएको छ । सामाजिक दूरी कायम गर्न कार्यालय परिसरमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन र सोपूर्व साबुनपानीले हात धुन अनिवार्य गरिएको उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्