२ आश्विन २०८३, शुक्रबार

मुद्दती निक्षेपमा १ अर्ब २० करोड रुपैयाँ लगानी गर्दै केन्द्रिय बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले सवा अर्ब बढी रकम लगानी गर्ने भएको छ ।

केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा १ अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४ करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख लगानी गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले भदौ ३० गते सोमबार भित्र निवेदन दिन आग्रह गरेको छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन सक्नेछन् ।