जेनजी आन्दोलनमा क्षति पुगेका सम्पत्तिको बीमा दाबी शीघ्र टुङ्ग्याउने प्रतिबद्धता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनमा क्षति पुगेका सम्पत्तिको बीमा दाबी शीघ्र टुङ्ग्याउने प्रतिबद्धता



काठमाडौं । हालैको जेनजी आन्दोलनबाट क्षति पुगेका सवारीसाधन र भौतिक संरचनाको दाबी प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता नेपाल निर्जीवन बीमा व्यवसायी संघले जनाएको छ ।

संघले बीमित सम्पत्तिको वास्तविक विवरणसहित आवश्यक कागजात चाँडै बीमा कम्पनीमा बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ । बीमा कम्पनीहरूले पनि सामाजिक उत्तरदायित्व वहन गर्दै दाबी प्रक्रिया तीव्र पारिएको संघका अध्यक्ष राजेन्द्र मल्लले जानकारी गराए ।

संघले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, बीमा कम्पनीहरूलाई यो संकटको घडीमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर कार्य गर्न आग्रह गरिएको छ ।

संघका अनुसार भूकम्प र कोभिडजस्ता संकटका अनुभवले बीमाको आवश्यकता पुष्टि गरेको हुँदा अहिलेको परिस्थितिमा बीमा क्षेत्र अझ बढी जिम्मेवार ढंगले अघि बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्