दशैंअघि नै नागढुंगा सुरुङमार्ग परीक्षणका लागि खुल्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दशैंअघि नै नागढुंगा सुरुङमार्ग परीक्षणका लागि खुल्ने



काठमाडौं । नागढुंगा सुरुङमार्ग परीक्षणका रूपमा केही दिनका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सुरुङमार्गको परिक्षण संचालन दशैं अघि नै हुने भएको हो ।

सडक विभागका अनुसार सुरुङमार्गको अधिकांश काम सकिएको छ । दशैंको ३–४ दिनअघि काठमाडौंबाट बाहिरिने यात्रुबसहरूका लागि सुरुङ खुला गरिने योजना बनाइएको छ ।

सुरुङ परीक्षणका लागि ठेकेदार परामर्शदाता र सुरक्षा निकायहरूसँग आवश्यक समन्वय भइरहेको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्