आजदेखि मन्त्रालय भित्र बस्ने भए महावीर पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयकै भित्र बस्ने भएका छन्।
सोमबार सपथ ग्रहण गरी पदभार सम्हालेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।सिंहदरबारस्थित जलाइएपछि हाल केशर महलमा रहेको मन्त्रालयले मन्त्रीको लागि कोठा र खाने–बस्ने पूर्ण सुविधा तयार गरेको छ ।












