गरीबका बच्चाको हत्या गराएर सत्ता कब्जा गरेको प्रसाईको आरोप - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

गरीबका बच्चाको हत्या गराएर सत्ता कब्जा गरेको प्रसाईको आरोप



काठमाडौँ। हिन्दु राष्ट्र स्थापना अभियानका कमाण्डर दुर्गा प्रसाईले आन्दोलनका नाममा गरीवका बच्चाको हत्या गराएर विदेशीका एजेण्टहरुले सत्ता र सरकार कब्जा गरेको आरोप लगाएका छन् ।

प्रसाईले अहिलेको सरकारका प्रधामन्त्री र मन्त्रीहरु विदेशीका एजेन्टका रुपमा लामो समयदेखि काम गरिरहेको दावी समेत गरेका छन् । मंगलबार आफै घरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अहिलेको सरकारका प्रधामन्त्री र मन्त्रीहरु विदेशीका एजेन्टका रुपमा लामो समयदेखि काम गरिरहेको दावी सहितको एउटा भिडियो पनि सार्वजनीक गरेका छन् ।

छठ पर्व पछि अर्को ठुलो आन्दोलनको तयारी भएको उनले जानकारी गराएका छन् । आन्दोलनको नेतृत्व प्रसाईले गर्ने र देशमा ठुलो परिवर्तन गर्ने दावी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्