तुइनखोलामा ठूलो पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तुइनखोलामा ठूलो पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध



काठमाडौं । चितवनको इच्छाकामनास्थित तुइनखोलामा बुधबार दिउँसो ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ ।

पहिरो हटाउनका लागि ४ डोजर परिचालन गरिएको भएपनि वर्षाका कारण काम रोकिएको छ । सडक पुन: सञ्चालनमा आउनेमा २–३ दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

सडक विभागले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साना गाडीहरूले चितवनको जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु जान सक्ने भनेको छ ।

अन्य विकल्पको रूपमा हेटौँडा–भीमफेदी र मलेखु–नौबिसे–त्रिभूवन राजपथ पनि सुझाइएको छ ।सडक खुल्न नसक्दासम्म यात्रुलाई अलपत्र पर्नु परेको छ ।


प्रतिक्रिया दिनुहोस्